Sushil Sitaula
Movie's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘रणवीर’ को गीत ‘मायामा’ सार्वजनिक

चलचित्र ‘रणवीर’ को रोमान्टिक गीत ‘मायामा’ सार्वजनिक गरिएको छ । भिडियो साझेदारी सञ्जाल युट्युबमार्फत गीस्त सार्वजनिक गरिएको हो ।
गीतमा कलाकारद्वय सुशील सिटौला र सुवेक्षा खड्का फिचर्ड छन् । पोखरा तथा आसपासका मनोरम स्थानमा छायाँकन गरिएको गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ । गीतमा हर्कुलस र प्रविशा अधिकारीले स्वर दिएका छन् भने गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् ।
चलचित्रमा सुशील र सुवेक्षासँगै सुपुस्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, शैलेश्वरी सिंहलगायतका कलाकारको अभिनय रहेको छ । माघ १८ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको छ । प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेको चलचित्र माया, मित्रता र बदलाको कथामा आधारित छ । चलचित्रमा महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द र रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal