This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘श्री’को फष्टलुक सार्वजनिक
चलचित्र ‘श्री’को निर्माण सम्पन्न भएको छ । कोरोना भाइरसको महामारीका कारण बिगत ७ महिनादेखि चलचित्र निर्माण तथा प्रदर्शन ठप्प रहेको बेलामै निर्देशक एभरेष्ट सूर्य बोहराले ‘श्री’ तयार गरेका हुन् । हालै चलचित्रको फष्टलुक सार्वजनिक गरिएको छ ।
प्राप्त जानकारी अनुसार यो चलचित्रको छायाँकन जम्मा ७२ घण्टामा सकिएको हो । चलचित्रमा सन्दिप क्षेत्री, वर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रविन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन् । एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको चलचित्रको निर्माता श्री पराजुली र सबिता गुरुङ हुन भने यम बराल, सूर्य सिम्खडा (साइराम), बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम सहनिर्माता छन् ।
‘बिषम परिस्थितिमा पनि नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउने हेतुले ‘श्री’ निर्माण गरिएको हो हुँ’ निर्देशक बोहरा भन्छन, ‘जम्मा ७२ घण्टा क्यामेरान रोल भएको यो चलचित्रमा भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देशसमेत प्रस्तुत छ ।’ ‘कोभिड–१९ को मारमा परेका कलाकर्मी तथा प्राबिधिकलाई केही राहत होस् भनेर निषेधाज्ञाकै क्रममा यो चलचित्र तयार पारिएको हो । कम समय र लगानीमा निर्माण गरिएको भए तापनि वर्तमान परिस्थिति, बाध्यता र मानसिकतालाई यो फिल्ममा प्रस्तुत गरिएको छ ।’ निर्देशक बोहराको भनाइ छ ।
निर्देशक बोहराकै लेखनमा शिबम अधिकारीले सघाएको चलचित्र शेरबहादुर तामाङले खिचेका हुन् । चलचित्रमा सुजन बडालको सम्पादन, एलिस कार्कीको ब्याकराउण्ड स्कोर र निरज केसीको साउन्ड मिक्सिङ छ । झण्डै दुई घण्टा लामो ‘श्री’ हल खुल्नासाथ दर्शकमाझ ल्याउने योजना रहेको निर्देशक बोहराले जानकारी दिएका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



