This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चैत्र ११ मा ‘हेल्लो जिन्दगी’
चलचित्र ‘हेल्लो जिन्दगी’को प्रदर्शन मिति तय गर्दै पोस्टर सार्वजनीक गरिएको छ । एभरेष्ट सूर्य बोहराको निर्देशन रहेको यो चलचित्र चैत्र ११ गते बाट प्रदर्शन हुने भएको छ ।
सत्य घटनामा आधारित भनिएको यो चलचित्रमा बिक्रम जोशी, प्रियंका कार्की, दिपिका प्रसाईं, एभरेष्ट सूर्य बोहरा, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सबिता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्तलगायतका कलाकारको अभिनय रहेको छ ।
युके र नेपालमा छायाँकन गरिएको चलचित्रको निर्मातामा हिराल जोशी र बिक्रम जोशी रहेका छन् । सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको चलचित्रकोे कथा निर्देशक बोहरा र बिक्रम जोशीको हो भने पटकथा र सम्वादमा निर्देशक बोहरालाई अभिमन्यु निरवीले साथ दिएका छन् । निर्देशक बोहराकै शब्द रहेको चलचित्रका गीतमा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल, प्रताप दास, प्रबिशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालले चलचित्रमा पाश्र्वगायन गरेका छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि. गुरुङको सम्पादन रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



