Surbina Karki

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

चलचित्र ‘शुभ मंगल’ बन्ने

लेन्सनेपाल २०७६ पौष २
चलचित्र ‘शुभ मंगल’ बन्ने

‘शुभ मंगल’ नामको चलचित्र निर्माण हुने भएको छ । मनोज अधिकारीको निर्देशन रहने चलचित्रमा कुशल थापा, सुरवीना कार्की, बिकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डेलगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।

देउराली फिल्मस्को ब्यानरमा संगम क्षेत्री र नारायण दत्त अधिकारीले निर्माण गर्ने चलचित्रको छायाँकन नेपाल र अष्ट्रेलियामा गरिने जनाइएको छ ।

अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेमसम्बन्धलगायतका बिबिध बिषयमा निर्माण हुने चलचित्रको औपचारिक घोषणा भने केही समयपछि हुने बताइएको छ । चलचित्रमा निर्देशक अधिकारीकै लेखन रहने छ ।