Surakshya Panta
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
कान्स फिल्म फेस्टिभलमा सुरक्षा पन्त
कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स पुगेकी नेपाली अभिनेत्री सुरक्षा पन्तले बुधबार कान्स रेड कार्पेटमा वाक गरेकी छन् । फ्रेन्च चलचित्र ‘द एट माउनटेन्स’ प्रिमियरका लागि कान्स पुगेकी उनको उक्त फिल्ममा सानो भूमिका रहेको छ । टिमसंग बसेर फिल्म हेरेको समेत उनले बताएकी छन ।
कान्स फेस्टिभलको रेड कार्पेटमा वाक गर्ने पहिलो अभिनेत्री बनेकी सुरक्षा रातो नै पहिरनमा सजिएकी छिन् । यसअघि प्रियंका कार्कीले आफुलाई कान्समा निम्ता आएको भन्दै पत्रकार सम्मेलन गर्दै होहल्ला गरेकोमा अन्तमा उक्त विषय गलत रहेको सार्वजनिक भएको थियो ।
अवार्ड जितेको उपन्यास ‘द एइट माउन्टेन्स’मा आधारित फिल्मको केही भाग छायांकन मनाङमा गरिएको थियो । फेलिक्स भ्यान जोर्जियन र सार्लोट भ्यान्डरमियर्स निर्देशित फिल्मले कान्स जान पाउने खुसीमा सुरक्षाले फेसबुकमा लेखेकी थिइन्-,’कान्स फिल्म फेस्टिभल २०२२ मा जाँदैछु । सबैभन्दा पहिला त जानको लागि जुन दौडधुप गर्नुपर्छ त्यो दौडधुपमा मसँगै दौडिने सहयोगी साथीहरुलाई माया अनि सम्मान छ। केही समयअघि एउटा अन्तर्राष्ट्रिय फिल्ममा एउटा पात्रको रुपमा काम गर्ने मौका जुरेको थियो । त्यही फिल्म द एइट माउन्टेन्सको केही अंशको छायांकन नेपालको मनाङमा गरिएको थियो। उक्त फिल्म कान्सको मुख्य प्रतिस्पर्धामा छानिएको खबर पाएसँगै निमन्त्रणा आयो अनि जाने तय गरेँ ।”
कान्स फेस्टिभल मे १७ देखि २८ सम्म फ्रान्समा आयोजना भइरहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





