Surakshya Panta
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
नौ जना अभिनेत्रीहरुलाई ‘राष्ट्रिय नवदुर्गा सम्मान’

नवदुर्गाको अवसर पारी नौ जना अभिनेत्रीहरुलाई ‘राष्ट्रिय नवदुर्गा सम्मान’ प्रदान गरिएको छ । कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मान गरिएको हो ।
रेजिना इन्टरटेनमेन्ट प्रालि र शहीद फिल्मस प्रालिले घटस्थापनको दिन राजधानीमा आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल, शर्मिला मल्ल, केकी अधिकारी, सुरक्षा पन्त, निता ढुङ्गाना, साम्राज्ञी राज्य लक्ष्मी शाह र उपासना सिंह ठकुरीलाई उक्त सम्मान अर्पण गरेकी हुन् ।
कार्यक्रमलाई समबोधन गर्दै ऊर्जामन्त्री भुसालले समावेशिताका कारण राज्यका सबै क्षेत्रमा महिलाको सहभागिता बढेको बताउँदै कोरोना महामारीका कारण नेपाली चलचित्र क्षेत्रमा देखिएका समस्या समाधान गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएकी छन् । ‘नवदुर्गा सम्मान’ बाट सम्मानित हुने ९ जना अभिनेत्रीहरुले अभिनय गरेका एक–एकवटा फिल्मका गीतमा अन्य कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
New Releases (Bhadra 20)
-
Reemai
Director : Khil Bahadur Gurung
Casts : Dayahang Rai, Rishma Gurung, Arpan Thapa, Gaumaya Gurung, Buddhi Tamang
Next Releases (Ashwin 3)
-
Jaari 2
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Bijay Baral, Buddhi Tamang, Reecha Sharma