This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘चपली हाइट ३’को पहिलो गीत ‘चारानाको मसला’ सार्वजनिक
अर्जुन कुमारको निर्माण रहेको चलचित्र ‘चपली हाइट ३’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘चारानाको मसला’ बोलको गीतमा डिपी खनालको शब्द, सुभाष भुषालको संगीत, राज खम्बु र अश्मिता अधिकारीको स्वर र प्रदीप लामा र द नेक्स्ट टिमको कोरियोग्राफी रहेको छ ।
गीतमा कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र कोरियोग्राफर प्रदीप लामाले नृत्य गरेका छन ।
चलचित्रमा स्वस्तिमा, सुपुष्पा, आमिर, महेशसँगै अर्पण थापा, प्रतिकमान श्रेष्ठ, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखकलगायातका कलाकारको अभिनय छ ।
निकेश खड्काको निर्देशन रहेको चलचित्रमा आकाश बरालको लेखन, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन र दिर्घ खड्काको सम्पादन रहेको छ ।
चलचित्र चैत २८ देखि प्रदर्शन हुँदैछ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



