This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘सरौतो’को गीत ‘यो जुनी’ सार्वजनिक

चलचित्र ‘सरौतो’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘यो जुनी’ बोलको रोमान्टिक गीतमा कमल खत्रीको शब्द, संगीत रहेको छ भने गायनमा खत्रीलाई श्रेया सोताङले साथ दिएकी छिन । सुमी मोक्तान र सन्नी सिंहलाइृ फिचर गरिएको गीतको कोरियोग्राफी हरि हुमागाईंले गरेका हुन् ।
हरी हुमागाईं निर्देशित चलचित्र मंसिर १३ गतेबाट प्रदर्शन हुँदैछ । बदलाको कथाभन्ने चलचित्रमा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, आमिर गौतम, लियो ट्यांक, सम्पदा दाहाल, धिरेन शाक्य, अरुणा कार्कीलगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा राघव कृष्ण गौतमको कथा, पटकथा तथा संवाद, शंकर महर्जनको द्धन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन र उत्तम हुँमागाईको छायाँकन रहेको छ ।
एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्रलाई हरि हुँमागाईले निर्देशन गरेका हुन् । चलचित्रकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् ।
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal