Sunil Kumar Thapa   
Movie's Credit : Producer / Presenter

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध

लेन्सनेपाल २०७९ भाद्र १६
निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध

नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको उम्मेदवारी मनोनयनमा कसैको दाबी विरोध नपरेपछि उनी निर्विरोध अध्यक्ष चुनिएका हुन् ।

यस्तै दुई उपाध्यक्ष र महासचिवसहित सम्पूर्ण कार्यसमिति नै निर्विरोध चयन भएको छ । उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध निर्वाचित भएका छन् भने महासचिवमा सुनिलकुमार थापा निर्वाचित भएका छन् । सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई समेत निर्विरोध भए ।

सदस्यहरुमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा चुनिएका छन् । कार्यसमिति नै निर्विरोध भएपछि अब चुनाव नहुने भएको छ ।

अध्यक्षमा निविरोध निर्वाचित भए लगत्तै लेन्सनेपालसँग छोटा कुराकानी गर्दै सम्पूर्ण निर्माताबाट सुझाव संकलन गरि त्यसैका आधारमा आफु नेतृत्वको कार्यसमितिले काम गर्ने जनाएका छन् । शनिबार हुने १६ औं वार्षिक साधारणसभामा नवनिर्वाचित कार्यसमितिले औपचारिक घोषणा सँगै पदभार ग्रहण गर्नेछ ।