This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
कुलतमा फसेकी युवती बन्न चाहन्छिन सुमि
चलचित्र ‘सरौतो’मा गरेको एक्सनका कारण सुमि मोक्तानको चर्चा राम्रै छ । सुमिले चलचित्रमा बोल्न नसक्ने युवतिको भुमिका निभाएकी छिन । एक त बोल्न नसक्ने त्यसमाथी एक्सन गर्नुपर्ने सुमिका लागि उक्त रोल चुनौतिपूर्ण थियो । यद्यपी उनले हार खाइनन् बरु सिक्न तर्फ लागिन ।
बोल्न नसक्ने पात्रलाई न्याय गर्न सांकेतिक भाषा सिकेकी सुमिले एक्सनमा कमजोर नदेखिन झण्डै २ वर्ष कराते सिकिन । आफुलाई प्राप्त पात्रलाई न्याय गर्न उनले कडै मेहनत गरिन । चुनौति पूर्ण भुमिकालाई आफ्नो पूर्वाभ्यासले सहज बनाएको उनको भनाई छ । पछिल्लो समय चलचित्र क्षेत्रमा एक्सन गर्लको कमी महसुस भइरहेको र त्यसलाई आफुले पुरा गर्नेमा उनी विश्वस्त देखिइन । आफ्नो कामा विश्वास गरेकी सुमि चलचित्रले दर्शकको मन जित्नेमा ढुक्क छिन ।
विगतका केही चलचित्रमा नायिकाहरुको एक्सनले दर्शकलाई निराश बनाएको भएपनि ‘सरौतो’बाट निराश हुन नपर्ने उनको भनाई छ । आफुले नेचुरल एक्सन गरेको, एक्सन सिकेको, कडा मेहनत गरेको, डमीको प्रयोग नगरेको लगायतका तर्कहरु दिदै उनले दर्शकले आफ्नो एक्सनलाई फेक नभन्ने बताइन ।
जहाँ चुनौति हुन्छ त्यही काम गर्नुको आनन्द हुने बताउने सुमि आगामी चलचित्रमा अझ चुनौतिपूर्ण भुमिकाको खोजिमा छिन । त्यस्तो चुनौति पूर्ण भुमिका के हुन सक्ला त ? सुमि भन्छिन – ‘अब मलाई कुलतमा फसेकी युवतीको भुमिकामा काम गर्न मन छ ।’ द्रुव्यसनीको शिकार भएकी युवतीको भुमिकालाई उनी बोल्ड अनि चुनौतिपूर्ण मान्छिन् ।
मंसिर १३ गतेबाट प्रदर्शन हुने ‘सरौतो’मा सुमिका अलवा सन्नी सिंह, आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुणा कार्की, निशा पुन मगर, सम्पदा दाहाल, पराक्रम सम्शेर जवरा, मनोज तामाङ, प्रतिक दुलाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा राघव कृष्ण गौतमको कथा, पटकथा तथा संवाद, शंकर महर्जनको द्धन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन र उत्तम हुँमागाईको छायाँकन रहेको छ ।
एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्रलाई हरि हुँमागाईले निर्देशन गरेका हुन् । चलचित्रकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire




