This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘सरौतो’को ट्रेलर सार्वजनिक
चलचित्र ‘सरौतो’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको चलचित्रको ट्रेलर एक्सनले भरिएको छ ।
छायाँकारका रुपमा सफल हरी हुमागाईंको डेव्यु निर्देशन रहेको चलचित्र कार्तिक २२ गतेबाट प्रदर्शन हुँदैछ । सार्वजनिक ट्रेलरले चलचित्रको मेकिङ उच्च रहेको देखाएको छ । एक्सन जनराको चलचित्रको लिड रोलमा अभिनेत्री सुमी मोक्तानले काम गरेकी छिन । सुन्न र बोल्न नसक्ने पात्रका रुपमा काम गरेकी सुमिले कार्यक्रममा पनि सांकेतिक भाषामा नै सम्बोधन गरेकी थिइन् । एक्सन र सांकेतिक भाषा सिक्न सुमीले कडा मेहनत र समय खर्चिएको समेत बताइन । यही चलचित्रका लागि सुमिले २ वर्ष कराते र ७–८ महिना सांकेतिक भाषा सिकेको बताइएको छ । ट्रेलरमा सुमिको पावरफुल एक्सन देखाइएको छ ।
प्रमुख अतिथि खानेपानी मन्त्री बिना मगरले ट्रेलर हेरे पश्चात ‘सरौतो’ले महिला सशक्तिकरणका पक्षमा आवाज उठाएको बताउकी छिन । उनले यो चलचित्रले समाज परिवर्तनमा भूमिका खेल्न सक्ने विश्वास राखिन ।
चलचित्रमा सुमिका अलवा सन्नी सिंह, आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुणा कार्की, निशा पुन मगर, सम्पदा दाहाल, पराक्रम सम्शेर जवरा, मनोज तामाङ, प्रतिक दुलाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा राघव कृष्ण गौतमको कथा, पटकथा तथा संवाद, शंकर महर्जनको द्धन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन र उत्तम हुँमागाईको छायाँकन रहेको छ ।
एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्र विर्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



