News
सुमन श्रापित एकल साँगीतिक साँझ सम्पन्न
सप्तरंगी सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा शुक्रबार पोखरामा सुमन श्रापित एकल सांगीतिक साँझ–२०७६ सम्पन्न भएको छ । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा गीतकार श्रापितले सिर्जना गरेका १७ वटा गीत विभिन्न कलाकारले गाएका थिए ।
अब कसैले गल्ती नगरौ बोलको गीतबाट साँगीतिक माहोल सुरु भएको कार्यक्रममा बादल फाटेको बेला, मेरो धड्कन तिमि, कहिले सादा कहिले रंगीन, टलकटलक टल्किने, तिम्रो मधुर मुस्कानले, कहिले ओराली, दिलराजा दिलरानी, मेरी पियारी, तिमिलाई त जहाजमा, आमाबाट सिके मैले, जसलाई मुटुको अंश, तिमिलाई देख्नेबित्तिकै, कालि–कालि दिलवाली, अच्छलेकिन क्याबात, पूर्वबाट पश्चिममा आयौ हुँदै सिरीमा सिरी गीतमा आएर टुंगीएको थियो ।
एकल साँझमा मुख्य प्रस्तोताको रुपमा संगीतकर्मी बीबी अनुरागी प्रस्तुत भए । साँझमा अनुरागीसहित स्मृति शाही, अर्जुन सुनाम, सुनिता दुलाल, जीवन परियार, तुलसी क्षेत्री, इन्दु बानियाँ, कल्पना गौतम, सूचना गैह्रे, रुपेश भण्डारी, योगेश गौतमले सुमनलाई स्टेजमा साथमै राखी गीत सुनाउँदा उपस्थित दर्शकको सर्पोट महत्वपुर्ण थियो ।
लाइभ म्युजिकको साथमा भएको कार्यक्रममा संगीतमा प्रविन्दर सिँह, राजा मुखिया, रन्जन गायक, गुप्त गुरुङ, मइपाल लामा, उमेश थापा, सुदिप गायक, तेज केसी, सुमन तामाङ र अमित गुरुङले संगीतमा सघाए । यसका अलावा गीतकार सुमनले आफ्नो स्थायि ठेगाना बाग्लुङ तित्याङ सम्बन्धि गीत समेत आफ्ना आवाजमा सुनाए ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



