Suman Dahal   
Movie's Credit : Director / Chief Ass. Director
Song's Credit : Director

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

सुमन दाहालको निर्देशनमा ‘तिमीलाई चाँडै’

लेन्सनेपाल २०८० असोज ५
सुमन दाहालको निर्देशनमा ‘तिमीलाई चाँडै’

सुमन दाहालको निर्देशन रहेको ‘तिमीलाई चाँडै’ बोलको म्युजिक भिडियो रिलिज गरिएको छ । सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरिएको गीत अमेरिकाको केन्टकी राज्यको लेन्जिनटन र लुइभिल शहर आसपासमा छायाँकन गरिएको हो ।

बिगत ६ वर्षदेखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक दाहालले प्रवासमा रहेर पनि म्युजिक भिडियो तथा छोटा चलचित्र निर्देशनमा आफुलाई सक्रिय राख्दै आएका छन् । सुमनको सक्रियताका कारण अमेरिकामा रहेका नेपाली प्राबिधिकहरुले समेत चलचित्र तथा भिडियोमा काम गर्ने बाताबरण बनिरहेको छ । सार्वजनिक गीतमा महेन्द्र निरौलाको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको रँग संयोजन, राम ढकालको पोष्टर डिजाईन रहेको छ । पवन गौतमले छायाँकन गरेकोभिडियोमा भुवन लोहनी र निश्मा चापागाईंले अभिनय गरेका छन् ।

आधुनिक जनराको सार्वजनिक गीतमा प्रमोद खरेलको स्वर, टिका भण्डारीको संगीत र अमेरिकामै बस्दै आएका गीतकार ईश्वर प्रवासीको शब्द रहेको छ ।