Suman Dahal
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
सुमनको ‘छोराछोरी बिदेशी भूमिमा’

अमेरिकामा रहेर पनि नेपाली गीत संगीत तथा छोटा चलचित्रमा निरन्तर काम गरिरहेका निर्देशन हुन्, सुमन दाहाल । उनै सुमन दाहलको निर्देशनमा ‘छोराछोरी बिदेशी भूमिमा’ बोलको गीत सार्वजनिक भएको छ ।
दाहालकै शब्द रहेको गीतले छोराछोरी विदेशी भूमिमा रहेका परिवारको कथा भनेको छ । सरोज प्याकुरेलको संगीत रहेको गीतमा बाल कलाकार जेनिस उप्रेतीको स्वर रहेको छ ।
सम्राट क्रियसनको ब्यानरमा निर्माण भएको भिडियोमा बाल कलाकार सम्राट दाहाल र समीर दाहालको मुख्य भूमिका छ । भिडियोमा सम्राट र समिरका अलवा शुभेक्षा उप्रेती, प्राश्ना गौतम, मनिष चन्द, सिमिट्री भट्ट, प्रिन्सी कँडेल, दिष्ना कोईराला, दर्शना कोईराला र फ्लोरिशा तिमल्सिनाको पनि अभिनय रहेको छ ।
अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा छायाँकन गरिएको भिडियोमा पवन गौतमको छायाँकन, सुरेश राउतको सम्पादन र अक्की शर्मा र विकाश सुवेदीको प्राविधिक सहयोग रहेको छ ।
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal