Suhana Thapa   
Movie's Credit : Cast / Producer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

सुहाना भन्छिन – हरेक आर्टलाई ब्युटिफुल बनाउन चाहन्छु

बिष्णु सुबेदी २०७८ चैत्र ३०
सुहाना भन्छिन – हरेक आर्टलाई ब्युटिफुल बनाउन चाहन्छु

सुहाना थापा पहिलो चलचित्र ‘ए मेरो हजुर ३’ बाट नै आफुलाई स्थापित गरेकी अभिनेत्री हुन् । चलचित्रको ट्रेलर रिलिजसँगै सुहानाको अभिनयको चर्चा शुरु भएको थियो । चलचित्र हेर्ने दर्शक र समिक्षकहरुले पनि उनको अभिनयलाई रुचाए । चलचित्रले पनि बक्स अफिसमा सफलताको झण्डा गाड्यो । एकता तिर अभिनयमा प्रसंसा अर्को तर्फ बक्स अफिसमा सफलता, सुहानालाई पहिलो चलचित्रबाट दुबै हातमा लड्डु भने जस्तै भयो ।

त्यसो त सुहानाको चलचित्र खेल्ने सोच थिएन । आइहाले पनि चलचित्र निर्माणमा आउछु भन्ने थियो । आमा अभिनेत्री झरना थापाको ब्यस्तताका कारण बुबा सुनिल कुमार थापासँग बढी नजिक भएर हुर्केकी हुनाले पनि उनलाई बुबाकै काममा रुचि थियो । तर, एकदिन उनै सुनिलले छोरीलाई चलचित्र खेल्ने कुरा गरे । ‘ए मेरो हजुर २’को सफलता पछि सुनिल झरनाकै निर्देशनमा तेस्रो सिरिज बनाउने तयारीमा थिए । त्यही चलचित्र उनले सुहानालाई अफर गरे । बुबाको कुरा भुईमा नखस्दै सुहानाले आफ्नो हाइट नायिका बन्नका लागि उपयुक्त हो त भन्ने प्रश्न गरिन । सुनिलले उनलाई हाइटले फरक नपर्ने कुरामा कन्भिन्स गरे । खासगरि चलचित्र र फेसनमा फिजिकालिटीको एउटा रुल जस्तै बनेको थियो । नायिका वा मोडलका लागि निश्चित हाइट र वेटलाई लिएर । सुहानालाई पनि शुरुमा त्यस्तै हुनुपर्छ जस्तो लाग्थ्यो । भलै अहिले यो रुल ब्रेक भइसकेको छ । पछिल्लो समय नेपाली चलचित्रमा हिरो वा हिरोइन हुन निश्चित दायरा भित्र पर्नु पर्छ भन्ने कुरा ब्रेक भइसकेको छ । सुहानालाई पनि दर्शकहरुले जस्तो छिन उस्तैमा मन पराए । उनको कलाको उचाईका अघि शरिरको उचाईको कुरै उठेन । अहिले भने सुहानाको सोचमा पनि फिजिकालिटीको कुरै आउँदैन ।

यतिबेला सुहाना अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ प्रदर्शनको तयारीमा छ । उनकै होम प्रोडक्सनको चलचित्रमा यसअघिको टिम लगभग सत् प्रतिशत नै दोहोरिएको छ । उनले दोस्रो पटक अनमोल केसीसँग स्कृन सेयर गरेकी छिन । अघिल्लो चलचित्रको सफलता पछि दर्शकहरुको माग भन्दै ‘ए मेरो हजुर ४’ निर्माण गरिएको हो । यसअर्थ चलचित्रको कथा भन्दा पहिले नै कलाकारहरु तय थिए । सुहाना चलचित्रको जिरो प्रोसेसिङबाट संलग्न छिन । आफ्नो फ्यामिलि प्रिन्सिपल रेस्पेक्टका आधारमा चल्ने भन्दै सुहानाले टिममा घर भित्र वा बाहिरका जो कसैको कुरा सम्बोधन भएको सुनाइन । यद्यपी उनी टिमका सबै सदस्यलाई आफ्नो फ्यामिलि मान्छिन । चलचित्रलाई अघि बढाउने क्रममा हरेक ब्यक्तिका उत्कृष्ट सुझाबहरुलाई आत्मसाथ गरेको उनको भनाई छ । यसअर्थ उनी आफ्नो तर्फबाट पनि क्यारेक्टरका साथै चलचित्रका बिबिध पक्षलाई अझ बढी माझ्न पाएको बताउँछिन ।

आफुलाई आफ्नो आमाले जति अरुले चिन्न नसक्ने उनको भनाई छ । जसका कारण निर्देशकका रुपमा झरनाले कलाकार सुहानाबाट प्रचुर मात्रमा कला निकाल्न सफल भइन । झरनाले छोरीले यत्ति सम्म गर्न सक्छे भन्ने थाहा भएकोले होला उनका कुनै पनि कमजोरीलाई ढाकछोप नगरि उत्कृष्ट काम निकाल्ने कोसिस गरिन । सुहाना यसलाई आमा निर्देशक हुनुको फाइदा मान्छिन ।

त्यसो त सुहानालाई लगातार होम प्रोडक्सनका चलचित्रमा मात्र काम गर्दा बाहिरी ब्यानरबाट अफर नआएको वा बाहिरी ब्यानरमा कन्फिडेन्ट नभएको भन्ने प्रश्न आउनु स्वभाविक छ । उनी आफुलाई अफर पनि आएको अनि कन्फिडेन्ट पनि भएको तर, स्कृप्ट चित्त नबुझेको बताउँछिन । कुनै पनि चलचित्रमा पुरुष कलाकारको क्यारेक्टरलाई शशक्त बनाउनका लागि मात्र महिला कलाकारको उपस्थिति उनका लागि स्वीकार्य छैन । जुन चलचित्रमा महिला कलाकारको भुमिका पनि शशक्त रहन्छ त्यसमा काम गर्न उनी तयार छिन । त्यसो त सुहानालाई बक्स अफिसको प्रेसले पनि थिचेको छ । पहिलो चलचित्रबाट सेट भएको बेन्चमार्क आफैले ब्रेक गर्नु छ । दर्शकको एक्सपेक्टेसन पनि मिट गर्नु छ । होम प्रोडक्सन भएकोले पनि बक्स अफिसमा सफल भयो भने अन्य चलचित्र सहजै बनाउन सकिन्छ भन्ने छ । तर, बक्स अफिसको प्रेसरले उनले आफ्नो कलालाई भने मर्न दिएकी छैनन् । खासगरि चलचित्रको प्रि–प्रोडक्सनमा बक्स अफिसको प्रेसर भन्दा पनि चलचित्रलाई कसरी ब्युटिफुल्ली क्रियट गर्न सकिन्छ भन्ने मै सोच भयो ।

त्यसो त लाइफलाई आर्ट मान्ने सुहानाले आफ्ना हरेक कर्मलाई आर्ट मान्ने नै भइन । चलचित्र अनि चलचित्रको ब्यवसाय सबै उनका लागि आर्ट हो । र हरेक आर्टलाई ब्युटिफुल बनाउन चाहन्छिन उनी ।