This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
८० सालको नयाँ वर्षमा सुहानाको ‘भगवत गीता’
कृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र ‘भगवत गीता’ को टिजर सार्वजनिक गरिएको छ । मुख्य अभिनेत्री सुहाना थापा कृष्ण भक्त भएकोले पनि टिजर सार्वजनिक गर्न आजकै दिन रोजिएको सहजै बुझ्न सकिन्छ ।
टिजर सार्वजनक गर्दै आगामी नयाँवर्ष अर्थात २०८० वैशाख १ गतेको दिनलाई रिलिज तोकिएको छ । झरना थापाको निर्देशन रहने चलचित्रको टिजरमा अभिनेत्री सुहाना थापा फिचर्ड छिन् । टिजर मधेश प्रदेशको राजधानी जनकपुरमा खिचिएको हो ।
सुनीलकुमार थापाको निर्माण रहने चलचित्र अन्तरजातीय प्रेमकथामा आधारित रहने छ । चलचित्रमा सुहानाले गीताको भूमिकामा अभिनय गर्नेछिन ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal