This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
रिलिजको पूर्वसन्ध्यामा ‘ए मेरो हजुर ३’को प्रिमियर
रिलिजको पूर्वसन्ध्यामा चलचित्र ‘ए मेरो हजुर ३’को प्रिमियर गरिएको छ । विहिबार साँझ राजधानीको कुमारी हलमा प्रिमियर गरिएको हो । प्रिमियर शो मा चलचित्रकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रिमियरमा निर्माता तथा कलाकार दिपकराज गिरी, निर्देशक दीपाश्री निरौला, नायिका करिश्मा मानन्धर, नीता ढुंगाना, निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई, कलाकार रमेश उप्रेति, निर्देशक शोभित बस्नेत, कलाकार सरोज खनाल, कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमिरे, निर्देशकहरु दिवाकर भट्टराई, सुरेन्द्र पौडेल, निर्माता सुवास गिरी, माधव वाग्ले, रोहित अधिकारी, निर्माता सुवास थापालगायत उपस्थित थिए । चलचित्र हेरेपछि उपस्थित चलचित्रकर्मीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । खासगरि डेव्यु अभिनेत्री सुहाना थापाको कामको तारिफ भएको छ ।
‘ए मेरो हजुर ३’ म्युजिकल लभ स्टोरी जनराको चलचित्र हो । चलचित्र स्टार र फ्यान विचको प्रेमकथामा केन्द्रित छ । चलचित्रमा अनमोल केसी, सुहाना थापा, अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतमलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् भने सुनिल कुमार थापाले निर्माण । यसै चलचित्रबाट झरना र सुनिलकी छोरी सुहाना थापाले डेव्यु गरेकी छिन । सुहानासँग अनमोल केसीले अनस्कृन रोमान्स गरेका छन् । चलचित्र सुहाना इन्टरटेनमेन्टको व्यानरमा बनेको हो । चलचित्रमा झरना थापा र सुमन पौडेलको कथा, छेतन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व र दिर्घ खड्काको सम्पादन रहेको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

