This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘सम्हालिन्छ कहिले मन’ निर्माणको घोषणा
चलचित्र ‘सम्हालिन्छ कहिले मन’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो ।
सुदर्शन थापाको निर्देशन रहने चलचित्रमा पुजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको अभिनय रहने छ । सोनमले यसै चलचित्रबाट अभिनयमा डेव्यु गर्दैछन् । चलचित्रमा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुले संगीत, सौरभ लामाको छायाँकन र कविराज गहतराजको कोरियोग्राफी रहने जनाइएको छ । अमित कुमार बस्नेतको लथानी रहने चलचित्रमा परि राना र अजित कुमार थापा सहनिर्माता र अंकित गौतम कार्यकारी निर्माता रहेका छन् ।
त्रिकोणात्मक प्रेमकथामा आधारित रहने चलचित्रको छायाँकन बेलायतमा गरिने र केहि दृश्य मात्र नेपालमा खिचिने जनाइएको छ । पत्रकार सम्मेलनका चलचित्र निर्देशक र कलाकारहरुले अघिल्ला चलचित्रमा भन्दा पनि उत्कृष्ट काम गर्ने बताएका छन् । फेव्रुअरी ९ बाट चलचित्रको छायाँकन यूकेबाट शुरु हुनेछ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


