Subash Bhusal
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
सकियो ‘मिस्टर नेपाली’को छायांकन

चलचित्र ‘मिस्टर नेपाली’को छायांकन सकिएको छ । करिब ४५ दिनमा छायाँकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । आइतबार काठमाण्डौंमा आयोजना गरिएको इन्ड क्ल्याप कार्यक्रमा चलचित्रको छायांकन सकिएको र तिहारको छेकोमा रिलिज गर्ने जानकारी दिइएको हो ।
देव भुषालको निर्देशनमा तयार भएको चलचित्रको छायांकन नवलपरासी र काठमाण्डौमा गरिएको छ । चलचित्रमा भूवन केसी दोहोरो भूमिकामा देखिदैछन् । भुवनका साथै चलचित्रमा रिमा विश्वकर्मा, बिष्णु सपाकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, रवि डंगोलको साथमा नव–कलाकार साहिल श्रेष्ठ र कुसुम राउतलगायतको अभिनय रहेको छ ।
कार्यक्रममा बोल्दै नायक भूवन केसीले चलचित्रको कथावस्तुले व्यवसायिकतासँग राष्ट्रियता पनि बोकेको बताए । नव–कलाकार साहिल र कुसुमले एउटा राम्रो चलचित्रमा काम गरेको सुनाए । चलचित्रका निर्देशक देव भुषालले सबैको साथ र सहयोगले चलचित्रको छायांकन कुनै अवरोध विना सकिएको र एउटा राम्रो चलचित्र बनाउने प्रयास गरेको बताएका छन् ।
देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा प्रेमराज दाहालको लगानी छ । चलचित्रमा हिमाल केसीको द्वन्द्व, सुभाष भुषाल र दिपक शर्माको संगीत र कविराज गहतराजको नृत्य निर्देशन छ ।
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal