Subash Bhusal
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘प्रसाद’का दुई गीतलाई एकसाथ करोड भ्युज प्राप्त

चलचित्र ‘प्रसाद’का दुई गीतले एकसाथ करोड भ्युज प्राप्त गरेका छन् । प्रसादमा समावेश लिरिकल गीत ‘लै लै’ र लोक फ्लेवर ‘बनकी चरी’ले युट्युबमा एकसाथ करोड भ्युज प्राप्त गरेका हुन ।
‘प्रसाद’को सफलतामा यी दुई गीतको पनि ठुलो भुमिका थियो । चलचित्रको कास्ट र कन्टेनले हाइप बढाई रहदा गीतको सफलताले पनि चलचित्र प्रतिको प्रतिक्षा बढाएको थियो । मंसिर २१ गते बाट प्रदर्शनमा आएको चलचित्र प्रसाद बक्स अफिसमा पनि सफल चलचित्र हो । चलचित्रले व्ययवसायिक र समिक्षागत दुवै हिसाबले सफलता पाएको थियो ।
करोड क्वलबमा प्रवेश गरेका दुबै गीतमा सुवास भुषालको संगीत रहेको छ । नेपाली चलचित्रको इतिहासमै सम्भवत एउटै चलचित्रको अनि एउटै संगीतकारको दुई गीतले एकसाथ करोड भ्युज प्राप्त गरेको यो पहिलो हो । ‘लै लै’ बोलको गीतमा गणेश शाहीको शब्द र केतन छेत्रीले स्वर छ भने ‘बनकी चरी’मा बि पाण्डेका शब्द अनि रुपक डोटेल र अन्जु पन्तको स्वर छ । दुबै गीत चलचित्रमा कथाको भाव अनुपमै प्रयोग गरिएको छ ।
विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत, बसुन्धरा भुषाललगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई सुभाष थापाले निर्माण गरेका हुन । दिनेश राउत निर्देशित चलचित्रमा सुशील पौडेलको लेखन, राजेश श्रेष्ठको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन, र उत्तम न्यौपानेको साउण्ड डिजाइन रहेको छ ।
यसरी बनेको थियो करोड क्लवमा प्रवेश गरेको लै... लै... बोलको गीत
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal