Sitaram Kattel   
Movie's Credit : Cast / Director / Story / Screenplay / Dialogue
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

फागुन ९ मा धुर्मुस–सुन्तलीको ‘सेन्टी भाइरस’

लेन्सनेपाल २०७६ कार्तिक १९

प्रदर्शन मिति तय गर्दै चलचित्र ‘सेन्टी भाइरस’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा दिइएको जानकारी अनुसार यो चलचित्र फागुन ९ गतेबाट प्रदर्शन हुँनेछ । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र महाशिवरात्रीको अवसर पारर फागुनमा ९ प्रदर्शन हुन लागेको हो ।

सामाजिक अभियन्ता तथा कलाकार सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली)को निर्माण एवं अभिनय रहेको चलचित्रको पोष्टरमा धुर्मुसलाई मात्र प्रस्तुत गरिएको छ । 

चलचित्रमा धुर्मुस्, सुन्तलीका अलवा दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्यलगायतका कलाकारको अभिनय रहेको छ ।

सामाजिक विषयमाथी निर्माण गरिएको चलचित्रमा कुमार कट्टेल र दीपक आचार्यले लेखन, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको पार्श्वसंगीत रहेको छ । सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्मित चलचित्रका निर्माता डिन्डु लामा ह्योल्मो हुन् भने सह–निर्माता फुर्पा लामा हुन् । २ करोडको लागतमा निर्माण भएको चलचित्रले दिने मुनाफाको २० प्रतिशत रकम सामाजिक कार्यमा खर्च गरिने निर्माण पक्षले जनाएको छ ।