Sitaram Kattel   
Movie's Credit : Cast / Director / Story / Screenplay / Dialogue
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘सेन्टी भाइरस’ हेर्नु पनि रंगशाला निर्माणमा जुट्नु जस्तै !

लेन्सनेपाल २०७६ फागुन ७
‘सेन्टी भाइरस’ हेर्नु पनि रंगशाला निर्माणमा जुट्नु जस्तै !

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई अवारनेस इन्टरनेशनल एकेडेमी ‘एआइए’ले आर्थिक सहयोग गरेको छ ।

राजधानीको शंखमुलमा अवस्थित एआइएले ३ लाख ४० हजार २०० रुपैयाँ सहयोग गरेको हो । स्कुलका विद्यार्थीले आफ्नो खाजा खर्च जम्मा गरेर रंगशाला निर्माणका निमित्त  रकम हस्तान्तरण गरेको जनाइएको छ ।

बिद्यार्थीहरु बाट संकलित रकम बुझ्न धुर्मुस-सुन्तली फाउन्डेसनका संस्थापक सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) उपस्थित थिए । सुन्तलीले सहयोग रकम बुझदै रंगशाला निर्माणमा एआइएले गरेको सहयोग महत्वपूर्ण रहेको बताइन । महान अभियानमा हातेमालो गरेको भन्दै उनले बिद्यार्थीहरुलाई धन्यबाद दिएकी छन ।

यस्तै सयौँ विद्यार्थीको बीचमा पुगेका धुर्मुस-सुन्तलीले फागुन ९ गते रिलिज हुने आफ्नो चलचित्र ‘सेन्टी भाइरस’ हेर्न समेत आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै सितारामले चलचित्र हेर्दा खर्चिएको आधा रकम रंगशाला निर्माणका निमित्त जाने भएकोले ‘सेन्टी भाइरस’ हेरेर पनि रंगशाला निर्माणमा सहयोग गर्न सकिने बताए ।

यस्तै कार्यक्रममा उपस्थित भएका ओलम्पियन तेक्वान्दो खेलाडी दीपक बिष्टले ‘सेन्टी भाइरस’ हेरिदिन आग्रह गरे । ‘चलचित्र जस्तो सुकै बनोस, तर यसको उद्येश्य बृहत छ । हामीले धुर्मुस-सुन्तलीको उद्येश्य सफल बनाउन भएपनि चलचित्र हेर्नैपर्छ । मैले त सम्पूर्ण खेलाडीहरुलाई लिएर हल जाँदैछु । आशा छ तपाइँहरुले पनि चलचित्र हेर्नु हुनेछ ।’ दीपकले भने ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र समाजिक राजनीतिक कथामा आधारित छ । चलचित्रमा सिताराम कट्टेल, दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिश राई, सुनिता घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ ।

सुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् भने सहनिर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भइरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।