Shweta Khadka   
Movie's Credit : Cast / Presenter
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

बेहुली हुँदा यस्तो देखिइन श्वेता खड्का

लेन्सनेपाल २०७७ मंसिर २२
बेहुली हुँदा यस्तो देखिइन श्वेता खड्का

अभिनेत्री श्वेता खड्काले विवाह गरेकी छिन । श्वेताले धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गरेकी हुन । विवाह काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा भएको छ ।

बुझ्नमा आए अनुसार विवाहमा दुवै तर्फका परिवारका सदस्य, आफन्त र सिमित साथीहरुको सहभागिता रहेको छ । श्वेताले विवाह गरेका विजयेन्द्र व्यापारी हुन् । धनगढी मूल घर भएका उनको धनगढीमा नै रेष्टुरेन्ट र फनपार्क रहेको बुझिएको छ ।

‘कहाँ भेटिएला’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्क्यु गरेकी श्वेता अभिनित ५ चलचित्र प्रदर्शन भइसकेका छन् । उनी हस्पिटालिटी बिजनेसमा संलग्न छिन् । श्वेताको २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो । विवाह गरेको दुई दिन पछि नै बिरामी भएका श्रीकृष्णको उपचारकै क्रममा साउन २५ मा भारतमा निधन भएको थियो । श्वेताले पुरानो पिडा भुल्दै नयाँ जीवन शुरु गरेको बताएकी छिन ।

तस्विर : फेसबुक