Shovit Basnet   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

मंसिर २६ गतेबाट शोभितको ‘पीआर’

लेन्सनेपाल २०८२ कार्तिक २
मंसिर २६ गतेबाट शोभितको ‘पीआर’

चलचित्र ‘पीआर’को प्रदर्शन मिति घोषणा गरिएको छ । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र मंसिर २६ गतेबाट प्रदर्शन हुनेछ ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यो चलचित्रमा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, म्याक्स, गणेश बुढाथोकी, कृष्ण थापा, नवीन घायललगायतको अभिनय रहेको छ । चलचित्र प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा निर्माण भएको हो । रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन् ।

निर्माण पक्षका अनुसार चलचित्र ‘पीआर’ले विदेश जाने नेपाली युवाको सपना, संघर्ष र त्यसका पछाडिका यथार्थ पक्षहरूलाई कथाको मुख्य विषय बनाएको छ । चलचित्रमा गणेश बुद्धाथोकीको लेखन, सौरव मानन्धर र सौरव लामाको छायाँकन, बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको नृत्य र मानस राज र भिम बिसीको संगीत रहेको छ ।