Shovit Basnet   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

यार्सागुम्बा टिप्नेहरुको कथामा ‘हाम्रो स्वर्ग’ बन्ने

लेन्सनेपाल २०७८ फागुन ३०
यार्सागुम्बा टिप्नेहरुको कथामा ‘हाम्रो स्वर्ग’ बन्ने

यार्सागुम्बा टिप्ने मान्छेहरुको कथामा चलचित्र ‘हाम्रो स्वर्ग’ निर्माण हुने भएको छ । कर्णाली बासीको भाषा, भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने जनाइएको चलचित्रलाई शोभित बस्नेतले निर्देशन गर्नेछन् ।

चैत्र अन्तिम साताबाट छायाँकनमा जाने चलचित्रका लागि मुख्य कलाकारको खोजी भइरहेको निर्देशक बस्नेतले जनाएका छन् । चलचित्रका लागि दुई पुरुष र दुई महिला अभिनेत्रीको खोजी भइरहेको छ । चलचित्रको कर्णाली प्रदेशका दश वटै जिल्लामा छायाँकन गरिने जनाइएको छ ।

एनएसके मिडिया नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा शान्ता शर्माको लगानी रहनेछ । चलचित्रमा नवदत्त न्यौपानेको संगीत, रामकृष्ण बुड्थापाको कथा र रामजी राउतको सहायक निर्देशन रहनेछ ।