Shantipriya
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘काठमाण्डू सर्ट फिल्म फेष्टा’मा ‘मधुमलतीको कथा’ र ‘जोगी’ उत्कृष्ट
छायाँछवि क्रियशनले आयोजना गरेको ‘चौंथो काठमाण्डू सर्ट फिल्म फेष्टा’ सम्पन्न भएको छ । फेष्टामा फिक्सन तर्फ शुभाष गजुरेल निर्देपशत लघु चलचित्र ‘मधुमलतीको कथा’ र डकुमेन्ट्री तर्फ दयाराम घिमिरे निर्देशित ‘जोगी’ उत्कृष्ट भएको छ । ‘मधुमलतीको कथा’ प्रसिद्ध साहित्यकार रमेश विकलको वाल मनोविज्ञानमा आधारित कथा हो भने ‘जोगी’मा राती राती फिरी लगाउँदै हिड्ने जोगीहरुको दैनिक यात्रालाई समेटिएको छ ।
यस्तै परिच्छेद सेन निर्देशित ‘मदर’ले जुरी अवार्ड पाएको छ भने मान बहादुर बस्नेत निर्देशित ‘हलो’लाई वेष्ट कन्सेप्ट÷स्क्रीप्ट सर्ट फिल्मको अवार्ड प्रदान गरिने भएको छ । यता दिपक थापा निर्देशित डकुमेन्ट्री श्री गुप्तेश्वर महादेव गुफाले पब्लिक च्वाइस अवार्ड हात पारेको छ । यस्तै शेखर खनाल निर्देशित विश्वकै होचा व्यक्तिको रुपमा गीनिज वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल खगेन्द्र थापा मगरको जीवनीमा आधारित सगरमाथाको प्रतिविम्ब (The Shadow Of Mt. Everest) ले बायोपीक डकुमेन्ट्रीको अवार्ड पाएको छ । फेष्टामा हेम प्रभाष निर्देशित ‘द माक्स ’ र पनाह अधिकारी निर्देशित ‘आमा’ लाई इन्करेजमेन्ट अवार्ड प्रदान गरिने भएको छ । फेष्टामा वरिष्ठ लेखक तथा निर्देशक मोहन निरौला निर्णायक संयोजक तथा संगीतकार एवं समिक्षक सन्तोष श्रेष्ठ र रंग पत्रकार÷समिक्षक गीता अधिकारी निर्णायक रहेका थिए ।
पछिल्लो समय छोटा चलचित्र निर्माण बढ्दो छ । खासगरी फिल्म अध्ययन सम्बन्धी इस्टिच्यूट एवं कलेज खुले यता छोटा चलचित्रले पनि चलचित्रको बजार बनाउन भूमिका खेलिरहेका छन् । बढ्दो निर्माण र तिनीहरुलाई प्रोत्साहन मिलोस भनेर छोटा चलचित्रको मेला एवं प्रतिस्पर्धा गराउन थालेको छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



