Shantipriya
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
जीतु र रिनाशालाई वर्ष व्यक्ति, बिष्णुलाई पत्रकारिता पुरस्कार प्रदान
फिल्मीखबर साप्ताहिकको १० औं वार्षिक उत्सव सम्पन्न
फिल्मीखबर साप्ताहिकको १० औं वार्षिक उत्सवको अवसर पारी वर्ष व्यक्ति सम्मान र चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । राजधानीमा आयोजित एक समारोहका बिच कलाकार जीतु नेपाल र निर्देशक बनेकी रीनाशा वान्तवा राईलाई फिल्मीखबर वर्ष व्यक्ति सम्मान अर्पण गरियो भने विष्णु प्रसाद सुबेदीलाई फिल्मीखबर–सविन शाक्य स्मृति रंग पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
फिल्मीखबरका सम्पादक शान्तिप्रियको सभापतित्वमा सम्पन्न समारोहमा बरिष्ठ अभिनेत्रीद्वय बसुन्धरा भुषाल र चैत्यदेवी सिंह, बरिष्ठ संगीतकार शम्भुजित बासकोटा, बरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौला, बरिष्ठ अभिनेता सुनिल थापा, बरिष्ठ अभिनेता सरोज खनालको आथित्यता रहेको थियो । समारोहमा कलाकार तथा निर्देशक दिपाश्री निरौला, कलाकार केदार घिमिरे माग्ने बुढा, कलाकार निर्मल शर्मालगायत थुप्रै चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।

जीतु नेपालले यस वर्ष अत्याधिक सफल चलचित्र छक्का पञ्जामा निर्माण, स्कृप्ट लेखन तथा अभिनय गरेका थिए भने यसै वर्ष नेपाल टी भि मा रीयालिटि शो मुन्द्रेको कमेडी क्लव सञ्चालन गरी चर्चामा आएका छन् । साथै नेपालले यस वर्ष अन्तर्राष्ट्रिय रुपमा आधा दर्शन भन्दा बढी देशमा स्ट्याण्डअप कमेडी तथा नेपाल भीत्र ६०÷६५ शो कमेडी प्रस्तुती दीएका छन् ।

त्यस्तै म्यूजिक भिडियो बाटै प्रवेश गर्दा गर्दै चर्चामा रहेकी रीनाशाले चलचित्र कोरीयोग्राफिमा पनि सफलता प्राप्त गरेकी थिइन् । यसै वर्ष निर्देशनमा पाइला चालेकी राई इन्टु मिन्टु लण्डनमा मार्फत नव निर्देशकहरुमा सफल देखीएकी छिन् ।

वरिष्ठ रंग पत्रकार सविन शाक्यको स्मृतिमा फिल्मीखबर साप्ताहिकले स्थापना गरेको फिल्मीखबर सविन स्मृति रंग पत्रकारिता पुरस्कारबाट पहिलोपटक विष्णु प्रसाद सुवेदी पुरस्कृत भएका हुन् । विगत डेड दशक देखी रंग पत्रकारितामा संलग्न सुवेदीले यसै वर्ष मात्र लेन्स नेपाल डट कम को वेब पोर्टल प्रकाशन गरी नवीन कार्यको थालनी गरेको थिए । विष्णुले आफ्नो अनलाइन पोर्टलमा नेपाली चलचित्र, गीत–संगीत क्षेत्रको अभिलेख राख्नुका साथै सेलीब्रटीका व्यक्तिगत जानकारी (वायोडाटा) समेत राखी राज्यकै सन्दर्भमा पनि योगदान गरेका छन् ।
वर्ष व्यक्तिलाई सम्मानपत्र तथा ट्रफि र रंग पत्रकारिता पुरस्कारमा प्रमाणपत्र, ट्रफि एवं १००१०।– (रु. दश हजार दश) राशी रकम सहित सम्मान तथा पुरस्कार प्रदान गरीएको हो ।
पछिल्लो समय डिजिटल मिडियाको प्रभाव परेसँगै प्रिन्ट मिडिया केही ओझेलमा परेकोले त्यसलाई बाचाई राख्नु आफैमा चुनौतिपूर्ण रहेको सम्पादक शान्तिप्रियको भनाई छ । उनले यो चुनौतिलाई स्वीकार्दै फिल्मीखबरले १० औं वर्ष प्रवेश गरेकोमा खुशी प्रकट गरेका छन् । फिल्मीखबर नेपाली रंग पत्रकारिता इतिहासंमा १० औ वर्ष मनाउने पहिलो साप्तहिक पत्रिका हो । रंग पत्रकारिताको क्षेत्रमा प्रकाशित कुनै पनि साप्ताहिक पत्रिकाले १० औं वर्ष मनाउने अवसर पाएका थिएनन् ।

यस्तै उपस्थित चलचित्रकर्मीहरुले फिल्मीखबरको १० औं वर्ष प्रवेशको अवसरमा बधाई तथा शुभकामना प्रकट गरेका थिए । बरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौलाले फिल्मीखबरको योगदानको चर्चा गरेका थिए भने शम्भुजित बासकोटा र बसुन्धरा भ्ुषालले निरन्तर र निर्भिक पत्रकारिता चुनौतिपूर्ण भएपनि त्यसलाई फिल्मीखबरले जिम्मेबारी पूर्वक बहन गरेको बताएका छन् । यस्तै सुनिल थापा, सरोज खनाल, चैत्यदेवि लगायतले पत्रकारिताको माध्यमबाट चलचित्र क्षेत्रको विकासका लागि समेत महत्वपूर्ण योगदान दिएको जनाए ।
वर्ष व्यक्ति सम्मानबाट सम्मानित जीतु नेपाल र रिनाशाले सम्मानले अझ राम्रो काम गर्न प्रेरणा मिलेको बताए भने पत्रकारिता पुरस्कारबाट पुरस्कृत बिष्णु प्रसाद सुबेदीले सबिन शाक्यको सम्झना गर्दै पुरस्कारको सम्मान हुने गरि काम गर्ने प्रयास जारी रहने बताएका छन् ।
प्रविशा प्रकाशन प्रा. लि. बाट प्रकाशन गर्ने यस संस्थाको अध्यक्ष प्रदीप कुमार उदय, संस्थापक सस्पादक विनोद अर्याल र सम्पादकका रुपमा शान्तिप्रिय रहेका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



