Shantipriya
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
२९ बिधामा अवार्ड प्रदान गर्दै आठौं छायाँछवि तीज म्युजिक अवार्ड सम्पन्न
आठौं छायाँछवी तीज म्युजिक अवार्ड सम्पन्न भएको छ । राजधानीमा आयोजित बिशेष समारोहका बिच २९ बिधामा उत्कृष्ट श्रष्टा स्रजकलाई अवार्ड प्रदान गरिएको छ ।
नेपाली चलचित्रकी प्रथम नेपाली नायिका भुवन चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा बरिष्ठ गायिका देविका बन्दना, कलाकार तथा निर्देशक दिपाश्री निरौला, कलाकार तथा निर्देशक मोहन निरौला, निर्माता प्रदिप उदय, चलचित्र पत्रकार संघका पूर्वउपाध्यक्ष बिष्णु प्रसाद सुबेदी, कलाकार रोशनी केसी, नायिका अनामिका चौलागाईलगायतका कलाकर्मीको उपस्थिति रहेको थियो ।
विगत आठ वर्ष देखि निरन्तर रुपमा आयोजना हुँदै आएको छायाँछवी तीज म्युजिक अवार्ड नेपालको पहिलो तीज म्युजिक अवार्ड हो । कार्यक्रममा आयोजक संस्था छायाँछवीका अध्यक्ष शान्तिप्रियले मौलिक तीज गीतलाई प्रोत्साहन गर्दै नेपाली कलासंस्कृतिको विकासमा अवार्डका माध्यमबाट टेवा पु¥याउने उद्देश्यले अवार्ड आयोजना गर्दै आएको जनाएका छन् । उनले कोरोनाको कहरका बिच स्वास्थ्य मापदण्ड पुरा गरि अवार्ड आयोजना गरिएको जनाएका छन् । यस्तै प्रमुख अतिथी भुवन चन्दले यस्ता खालका कार्यक्रमले मौलिक गीतसंगीतको विकासका लागि अहम् भुमिका खेल्ने जनाएका छिन । गायिका देविका बन्दनाले पछिल्लो वर्ष मौलिक शैलीका तीज गीत बढी आएको भन्दै त्यसो हुनुमा तीज म्युजिक अवार्ड जस्ता कार्यक्रमको प्रभाव रहेको जनाइन । कार्यक्रममा दिप्सा थापाले फुल्यै फुल्यो तिउरी बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन ।
२९ विधाका अवार्ड बिजेताको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire




