Shankar Pandey   
Movie's Credit : Cast / Production Manager

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

बिराज भट्टले मागे शंकर पाण्डेसँग माफी

लेन्सनेपाल २०७६ बैशाख १०
बिराज भट्टले मागे शंकर पाण्डेसँग माफी

नायक विराज भट्ट र पोडक्सन म्यानेजर शंकर पाण्डे बिचको बिबाद सुल्झिएको छ । चलचित्र प्राबिधिक संघको कार्यलयमा दुवै पक्ष बिच भएको छलफल पछि विवाद सहमतिमा टुङ्गिएको संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिएका छन् । छलफलका क्रममा बिराजले आफ्नो गल्ति स्वीकार्दै शंकरसँग माफी मागेको समेत लामाले जनाएका छन् ।

सोमवार साँझ आफूले निर्माण र निर्देशन गर्न लागेको चलचित्र ‘साङ्लो’ का निर्माण नियन्त्रक शंकरमाथि विराजले हात छोडेका थिए । चलचित्रको छायाँकन शुरु हुने समय लम्विदै जाँदा दुई पक्ष बिच विवाद भएको र विराजले पहिला हात छोडेका कारण उनको गल्ति देखिएको लामाको भनाई छ । अध्यक्ष लामा सहितको रोहवरमा भएको सहमति अनुसार अब शंकरले बिराजको चलचित्रमा काम गर्नेछैनन् भने पेश्की स्वरुप लिएको रकम समेत फिर्ता गर्नुनपर्ने भएको छ । बिराजको चलचित्रका लागि शंकर गत पुषमा आवद्ध भएका थिए । गत फागुनबाट चलचित्र छायाँकनमा जाने बताइए पनि हालसम्म छायाँकनमा जान नसकेपछि दुवै पक्षविच विवाद उत्पन्न भएको थियो । समयमा नै चलचित्र शुरु हुन नसकेका कारण शंकरले प्रोजेक्टबाट हात झिक्ने र पेश्की स्वरुप लिएको पैसा फिर्ता नगर्ने बताएपछि विराजले उनीमाथि हातपात गरेका थिए । विराजले चलचित्र छाडे पनि बुझेको पैसा फिर्ता दिनुपर्ने बताएका थिए । सोही विवादमा विराजले टाउकोको पछाडिको भागमा हानेपछि शंकर भूइँमा लडेका थिए ।

यो सँगै बिराजको चलचित्र ‘साङ्लो’को छायाँकन अनिश्चित भएको छ ।