Saurav Lama   
Movie's Credit : Cinematographer / DOP
Song's Credit : Cinematographer / Director

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

शंकरको ‘मेरी सानी के गर्दै होलीन’

लेन्सनेपाल २०७९ जेष्ठ २०
शंकरको ‘मेरी सानी के गर्दै होलीन’

लोक आधुनिक शैलीको गीत ‘मेरी सानी के गर्दै होलीन’ सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका गीत सार्वजनिक गरिएको गीतमा शंकर थापा स्माइलको संगीत, डिपी खनाल र सुधा खनालको शब्द र रबिन लिम्बुको स्वर रहेको छ ।

नायक आर्यन सिग्देल र नायिका रुबिना थापाको अभिनय रहेको भिडियोलाई चर्चित छायाँकार सौरभ लामाले निर्देशन गरेका हुन् । लामाले यसै भिडियो मार्फत भिडियो निर्देशनमा डेब्यु गरेका छन् ।

थुप्रै हिट गीत दिइसकेका शंकरले सार्वजनिक गीतले पनि दर्शकको मन जित्ने विश्वास राखेका छन् । आधुनिक, पप लगायत लोक शैलीमा कयौं हिट गीत दिइसकेका उनले यो गीत लोक आधुनिक शैलीमा तयार पारेको जनाए । शब्दको भाव अनुसार नै आफुले कम्पोज गरेको उनको भनाई छ ।

कार्यक्रममा गीतलाई शुभकामना दिन थुप्रै चलचित्रकर्मी तथा संगीतकर्मीहरु उपस्थित भएका थिए । गीत सुनिसकेपछि उपस्थित पाहुनाहरुले अडियो र भिडियो दुबै अब्बल बनेको भन्दै तारिफ गरेका छन् । कार्यक्रममा प्रथम नेपाली तारा दिपक लिम्बु, चलचित्र पत्रकार संघका पूर्व उपाध्यक्ष बिष्णु सुबेदी, चलचित्र निर्देशक सबिर श्रेष्ठ, संगीतकार तारा प्रकाश लिम्बु, नृत्यनिर्देशक कविराज गहतराज, द्वन्द्व निर्देशक हिमाल केसीलगायत चलचित्र र सांगीतक क्षेत्रका थुप्रै हस्तीहरुको उपस्थिति थियो ।