This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
सफलता र असफलता दुवैलाई स्वीकार्नु पर्छ - सौगात मल्ल
यतिबेला सौगात मल्लको आश चलचित्र ‘माछा माछा’मा छ । पछिल्लो समय खासै हिट चलचित्र दिन नसकेका सौगात यो चलचित्र भने सफल हुनेमा आशाबादी छन् ।
मंसिर २० अर्थात आगामी शुक्रबारबाट प्रदर्शन हुने यो चलचित्रको कथा र टिम मन परेका कारण नै आफुले काम गरेको सौगातको भनाई छ । हुन त कुनै समय आफुले काम गरेका चलचित्रहरु सफल नै हुनुपर्छ भन्ने मान्यता राख्ने सौगात अचेल भने फेरीएका छन् । सफलता र असफलता दुवैलाई स्वीकार्नु पर्ने उनको भनाई छ । काम गरेका सबै चलचित्र राम्रा पनि नहुने र सबै राम्रा चलचित्र सफल पनि नहुने उनको भनाई छ । कमेडी जनराको चलचित्रले दर्शकलाई भरपुर मनोरञ्जन दिनेमा निर्माण टिम विश्वस्त छ ।
यता चवलचित्रका निर्देशक तथा लेखक सुनिल गुरुङले चलचित्रको कथा भूकम्पभन्दा अघि नै तयार भएको जनाएका छन् । तर, निर्माण टिमको सल्लाहमा पुनः लेखन गरेर चलचित्र बनाइएको हो । यही चलचित्रबाट निर्देशनमा डेव्यु गरेका सुनिल ‘माछा माछा’ले धेरै दर्शकको मन जित्नेमा विश्वस्त छन् । उनले राम्रो स्कृप्टमा राम्रा कलाकार र टिमसँग काम गर्न पाएकोले पनि चलचित्र प्रति आफु विश्वस्त रहेको सुनाए ।
सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको चवलचित्रमा सौगातका अलवा नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रवीण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुष्कर गुरुङ, कमलमणि नेपाल, ध्रुब कोइराला, बसन्त भट्टलगायतका कलाकारको अभिनय रहेको छ । रामबाबु गुरुङ र दयाहाङ राईको निर्माण रहेको चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । चलचित्रमा शिवराम श्रेष्ठको छायाँकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रवीण सिंहको कोरियोग्राफी छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



