Satya Raj Chaulagain   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘अन्तरे’ बन्ने भए ‘बुलबुल’ का ‘चोपेन्द्र’

लेन्सनेपाल २०७६ कार्तिक २७
‘अन्तरे’ बन्ने भए ‘बुलबुल’ का ‘चोपेन्द्र’

पहिलो चलचित्र ‘बुलबुल’मा निभाएको चोपेन्द्रको भूमिकाबाट चर्चामा आएका मुकुन भुषालले ‘अन्तरे’मा काम गर्ने भएका छन् । सत्यराज चौलागाईंको निर्देशन रहने ‘अन्तरे’मा उनको मुख्य भुमिका रहने छ ।

यसै साता उनी चलचित्रमा आवद्ध भएका हुन् । चलचित्रको स्कृप्ट मन परेका कारण आफु अन्तरे बन्न तयार भएको उनको भनाई छ । रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा राज पण्डित र सुबास राईको लगानी रहने छ । 

फागुनको पहिलो साताबाट छायाँकनमा जाने तयारी गरिरहेको चलचित्रका लागि अन्य कलाकारको खोजि भइरहेको जनाइएको छ ।