Satya Raj Acharya   
Movie's Credit : Cast / Executive Producer / Lyricist / Music Director / Playback Singer
Song's Credit : Cast / Director / Lyricist / Music Composer / Singer / Label

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

सत्य–स्वरुपको क्रिकेट गीत सार्वजनिक

लेन्सनेपाल २०७५ फागुन २३
सत्य–स्वरुपको क्रिकेट गीत सार्वजनिक

क्रिकेट सम्बन्धी गीत उपहार दिदै गायकद्वय सत्य–स्वरुपराज आचार्य ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा जोडिएका छन् ।

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१५, रामपुरमा निर्माण गर्न लागेको रङ्गशाला निर्माणमा सहयोग जुटाउन विभिन्न व्यक्तिहरु अभियन्ताको रुपमा जोडिने क्रम जारी रहेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।

गायकद्वय सत्य–स्वरुपराज आचार्यले क्रिकेटलाई केन्द्रमा राखि गीत तयार गरेका छन् । गीतमा सत्यस्वरुपकै शव्द, संगीत छ । ‘युद्धको मैदान’ बोलको गीतको भिडियोमा बन्न लागेको क्रिकेट रङ्गशालाका दृश्यहरु समावेश गरिएको छ । फाउण्डेसनले बुधबार नै उक्त गीत सार्वजनिक गरेको छ ।