Saroj Khanal
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
गीत सार्वजनिक गर्दै ‘ब्वाइफ्रेण्ड’को प्रदर्शन मिति घोषणा
चलचित्र ‘ब्वाइफ्रेण्ड’को गीत, ट्रेलर र पोष्टर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको प्रचार सामग्री सार्वजनिक गर्नुका साथै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्र फागुन १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने जनाएको छ ।
बुढाथोकी फिल्मस प्रोडक्शन प्रा.लि.को ब्यानरमा निर्मित चलचित्रका प्रस्तुतकर्ता सूर्य बुढाथोकी हुन भने कृष्ण खनाल निर्माता रहेका छन् । चलचित्रमा सरोज खनाल, पुष्कर रेग्मी, महिमा सिलवाल, मञ्जु श्रेष्ठ, मोहन निरौला, सोनम थापा, श्यामकुमार मिश्र, पुजा थापा, सोभा भण्डारी, आयुष्मा खतिवडा, कृष्ण खनाल, पवन खनाल, आकाश बम्जन, शेखर के.सी. लगायतका कलाकारको अभिनय रहेको छ ।
मदन घिमिरे निर्देशित चलचित्रमा शंकर महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत, पुनम राईको नृत्य निर्देशन, कृष्ण चापागाईंको कथा, मौनता श्रेष्ठको लेखन र कृष्ण श्रेष्ठको छायाँकन रहेको छ । चलचित्रमा सानुकाजी श्रेष्ठ निर्माण सल्लाहकारका रुपमा रहेका छन् ।
कार्यक्रममा बोल्दै निर्देशक घिमिरेले अबिभावकले आफ्नो हुर्केको बाल बच्चालाई समय दिन नसक्दा उनिहरुको हर्कत कस्तोसम्म हुन्छ भन्ने सन्देश चलचित्रले दिन खोजेको बताए । साथै चलचित्र हेरुन्जेल पूर्ण मनोरञ्जनात्मक रहेको पनि जनाएका छन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi




