This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चार शहरमा चौका दाउको अन्तरक्रिया
चलचित्र चौका दाउको मोफसलका चार शहरमा अन्तरक्रिया गरिएको छ । पुष २७ बाट रिलिज हुने यो चलचित्रको मोफसल यात्रा अन्तर्गत हेटौंडा, चितवन, बुटबल र पोखरामा अन्तरक्रिया गरिएको हो । यसरी चार सहरमा सञ्चारकर्मीसँग फिल्मी बहस सकेर चलचित्र युनिट काठमाडौं फर्किएको छ ।
सो अन्तरक्रिया कार्यक्रममा कलाकार सन्तोष पन्तले चौका दाउमा सुरुदेखि अन्त्यसम्म आफ्नो रोल रहेको बताए । चलचित्रमा वर्षा राउतको प्रेमी भएर काम गर्दाको अनुभव सुनाउँदै उनले भने – ‘मेरो छोरीको उमेरकी वर्षा राउतको प्रेमी हुनुले पनि यो चलचित्रको कथा कस्तो छ भन्ने दर्शकले बुझ्नु हुन्छ । चलचित्रले दर्शकलाई दुई घन्टासम्म मज्जाले हसाउँछ, किनकी यो पूर्ण मनोरञ्जन प्रधान चलचित्र हो ।’ आफु लामो समयको अन्तरालपछि चलचित्रमा फर्किएको जानकारी गराउँदै उनले किस्मत–२ पछि दुई वर्ष बिश्राम गरेर चौका दाउमा काम गरेको बताए ।
सञ्चारकर्मीसँग भेटघाटको क्रममा अभिनेत्री वर्षा राउतले चौका दाउ आफुले अभिनय गरेका बिगतका चलचित्र भन्दा फरक रहेको बताईन्, ‘मैले मुख्य नायिकाको भूमिका निर्वाह गरेको यो दोस्रो महत्वपूर्ण चलचित्र हो र यसमा कथा नै मेरी वरीपरी घुमेको ट्रेलरबाट यहाँहरुले अनुमान गरिसक्नु भएको छ ।’ तर ट्रेलरमा नआएका धेरैकुरा चलचित्रमा रहेको र ती दृष्यले दर्शकलाई सक्दो रमाईलो दिने पनि उनले जानकारी गराईन् । चलचित्रमा आफु केटाहरुलाई फसाउने उर्वसीको भूमिकामा रहेको र अन्त्यमा आफु पूर्ण सकरात्मक देखिएको पनि उनले खुलाईन् ।
निर्देशक पुर्णेन्दु झाले चौका दाउमा चार चौकाको रुपमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह र पाँचौ चौकाको रुपमा अजश्र ढुँगाना रहेको बताए । यो पूर्णतया सामाजिक कथामा आधारित चलचित्र भएको पनि उनले जानकारी गराए ।
सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको चलचित्रको परिकल्पनाकार, कथाकार र संगीतकार शम्भुजीत बासकोटा हुन् । चलचित्रलाई काठमाडौंमा बिके फिल्मस् र मोफसलमा एफडीले वितरण गर्दैछ । चलचित्रमा वसन्त श्रेष्ठको नृत्य, दीर्घ गुरुङको छायांकन, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सुवास काफ्लेको निर्माण ब्यबस्थापन रहेको छ । चलचित्रको ‘राधा पियारी...’ र ‘मेरो माया कतारमा...’ गीत यसअघि नै चर्चित छन् । गीतमा बसन्त श्रेष्ठ र भिमफेदी गाईजको नृत्य निर्देशन छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





