Sangita Shrestha   
Movie's Credit : Director / Story / Screenplay / Dialogue
Song's Credit : Director

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘आइसक्रिम’ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

लेन्सनेपाल २०७७ कार्तिक २३
‘आइसक्रिम’ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

सर्ट मुभी ‘आइसक्रिम’ले अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२० मा दुई बिधामा अवार्ड प्राप्त गरेको छ ।

संगीता श्रेष्ठ निर्देशित चलचित्रले बेस्ट चाइल्ड एक्टर र बेस्ट एडिटरको अवार्ड प्राप्त गरेको हो । नोभेम्बर ३ देखि ८ सम्म आयोजना भएको फेस्टिभलको पहिलो दिन नै यो चलचित्र स्क्रिनिङ भएको थियो ।

यो मुभी बेस्ट मुभी, बेस्ट डाइरेक्सन र बेस्ट स्क्रिनप्ले विधामा पनि मनोनयनमा परेको थियो । बाल यौन शोषणमाथि आधारित चलचित्रले सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा बोल्छ । नौ मिनेट लामो चलचित्रमा योगिशा खत्रीले मूख्य भूमिका निभाएकी छन् ।