This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
फ्राइडे रिलिज : ‘न यता न उता’ र ‘रातो गलबन्दी’
फ्राइडे रिलिज अन्र्तगत चलचित्र ‘न यता न उता’ र ‘रातो गलबन्दी’ प्रदर्शनमा आएका छन् ।
मिराज रोशको निर्देशन रहेको चलचित्र ‘न यता न उता’ कमेडी जनराको चलचित्र हो । चलचित्रमा सिच्वेसनल कमेडी पस्केको र कमेडीको नाममा दोहोरो अर्थ लाग्ने संवादका साथै हात, खुट्टा, मुख हल्लाएर र बङ्गाएर जबरजस्ती दर्शक हँसाउने प्रयास नगरिएको निर्माण पक्षले जनाएको छ । मिडलाइफ क्राइसिसको विषयमा निर्माण गरिएको यो चलचित्रको यसअघि बेलायमा गरिएको प्रदर्शनबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको निर्देशकको भनाई छ ।
चलचित्रमा समिरमणि दिक्षित, निर्देशक मिराज रोश, नम्रता सापकोटा, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, सागर ढकाल, पवन ढकाल, विशारद बस्नेत, राजन मुकारुङ, जयनन्द लामालगायतका कलाकारको अभिनय रहेको छ ।
रिना लामा कार्यकारी निर्माता रहेको चलचित्रमा अमित अर्याल, बेनकण्ठ मकाजु, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन प्रधान, प्रतिक कर्माचार्य लगायतको लगानी रहेको छ । यस्तै मिराज रोशको कथा तथा पटकथा, अभिमन्यु निरबीको संवाद, अरोन अशोक कुमारले छायाँकन र विपिन मल्लको सम्पादन रहेको छ ।
यस्तै ‘रातो गलबन्दी’ लाई अनिश थापाले निर्देशन गरेका हुन् । प्रचार प्रसार बिना नै प्रदर्शन थालेको यो चलचित्रमा केकी अधिकारी र कोशिश क्षेत्रीको मुख्य भुमिका रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





