Salon Basnet   
Movie's Credit : Cast / Special Appearance / Producer / Story / Playback Singer
Song's Credit : Rapper

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘हनी बनी’मा सारा सिर्पाली, अनमोलको जोडी बन्ने पक्का

लेन्सनेपाल २०७८ फागुन १०
‘हनी बनी’मा सारा सिर्पाली, अनमोलको जोडी बन्ने पक्का

आगामी वर्षको दशैलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘हनी बनी’मा अभिनेत्रीमा सारा सिर्पाली अनुबन्धित भएकी छिन् । निर्माण टिम र अभिनेत्री साराबीच सोमबार लिखित सम्झौता भएको हो ।

दीवाकर भट्टराईको निर्देशन रहने चलचित्रका लागि यसअघि अनमोल केसी र सलोन बस्नेत फाइनल भएको भएपनि अभिनेत्री भने तय गरिएको थिएन । साराले चलचित्रमा अनमोलको जोडीका रुपमा काम गर्नेछिन । त्यसो त केही समय अघि चलचित्र बृत्तमा अनमोल र सारा प्रेम सम्बन्धमा रहेको गसिपले राम्रै स्थान पाएको थियो । राम्रो साथीका रुपमा रहेका अनमोल र साराले पहिलो पटक स्कृन सेयर गर्न लागेका हुन् । उनीहरुका जोडीलाई लिएर दर्शकमा थप उत्साह थप्ने पक्कै छ ।

मार्चबाट छायाँकनमा जाने चलचित्रलाई पुरुषोत्तम प्रधानले छायाँकन गर्नेछन् । अधिकांश छायाँकन लण्डनमा गरिने चलचित्रको हाल प्रि–प्रोडक्सनको काम भइरहेको छ । चलचित्रका अन्य कलाकार भने केही दिनमा तय गरिने निर्माता अजित कुमार थापाले बताएका छन् ।

एबी इन्टरनेशलको प्रस्तुती रहने चलचित्रमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा अंकित गौतम र सनिस खकुरेल छन्, भने अजित सिंह सहनिर्माताको रुपमा रहनेछन् ।

यही टिमले यसअघि निर्माण गरेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ ।