Salin Man Bania
Movie's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
आफ्नै हिरोइनसँग सलिनले मनाए होली (फोटो फिचर)
होली पर्व वुधवार पहाडी भूभाग तथा विहिबार तराइको भूभागमा मनाइदैछ । रङ्गहरुको यो पर्वलाई असत्य माथि सत्यको जितको रुपमा लिइन्छ भने आत्मियता र सद्वावको प्रतिकको रुपमा पनि लिइन्छ । यसै पर्वलाई चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ युनिटले एकआपसमा मनाएका छन् ।



होलीको पूर्वसन्ध्यामा एकअर्कालाई रङ्ग तथा अविर लगाउदै चलचित्र युनिटले होली मनाएको हो । राइजीङ स्टार सलिन मान बनियासँगै डेब्यु गर्ल मलिका महत, प्रेक्षा बज्राचार्य, जान्हवी बस्नेत, रेअर राई, निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ, निर्माता सुशील पोखरेल, प्रोडक्सन म्यानेजर मनोज जोशी, द्वन्द्व निर्देशक हिमाल केसीलगायतले होली मनाएका हुन् । होलीलाई प्रि– सेलिब्रेट गरेको यात्रा टिमले वुधबार राजधानीको विभिन्न स्थानमा पुगेर दर्शकसँग होली मनाउने निर्देशक सम्राट शाक्यले जनाएका छन् । आफ्नै साथीभाई माझ होली मनाउँदै आएका सलिनले पहिलो पटक मिडिया र दर्शकहरुमाझ होली मनाउन लागेका हुन । आफुलाई होली पर्व मन पर्ने बताएका सलिन दर्शकसँग सेलिब्रेट गर्न निकै उत्साहित देखिएका छन् ।


चलचित्र यात्रामा सलिनसँगै, मलिका महत, प्रेक्षा बज्राचार्य, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, धिरेन शाक्य, राजाराम पौडेल, समृद्धि राई, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतका कलाकारको अभिनय रहेको छ । कोटकी कालिका देवी फिल्म्स, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने कार्यकारी निर्माता सर्जुमान लिगल, प्रसतुतकर्ता केशव भट्टराई र चिज कुमार श्रेष्ठ र सहनिर्माता बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे रहेका छन् ।

New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



