This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
सबिन र केकीको ‘सूर्य किरण’ पोष्टर सार्वजनिक

चलचित्र ‘सूर्य किरण’को पोष्टरसंगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्माण टिमले यही मंसिरको २७ गतेका लागि प्रदर्शन मिति तय गरेको हो ।
अमिर दोङको निर्देशनमा बनेको चलचित्रमा अभिनेता सविन श्रेष्ठ शिर्ष भूमिकामा छन् । चलचित्रमा सविनका अलवा केकी अधिकारी, अमिर दोङ, मेलिना चेपाङ, रञ्जित तामाङ्ग, कुइसाङ रुम्बा, मञ्जु श्रेष्ठ लगायतका कालाकारको अभिनय रहेको छ । तामाङ चलचित्रका लोकप्रिय कलाकार तथा निर्देशक अमिरको ‘सूर्य किरण’ पहिलो नेपाली फिल्म हो ।
तामाङ सुपरस्टार डम्फु मिडिया प्रा.लि.को ब्यानरमा अमृत चेपाङले चलचित्रको निर्माण गरेका हुन् । चलचित्रमा ऋतुराज पाख्रिनको कथा र पटकथा, विशाल काल्ताङ र जोगलाल लामाको संगीत, दीपक तामाङ र अजय स्याङतानको नृत्य, राजु दोङ तामाङको द्धन्द्ध, अभिषेक माझी र विक्रम मोक्तानको छायाँकन र अर्जुन थापाको सम्पादन रहेको छ ।
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal