This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी
नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट २३५ मत प्राप्त गरि निरौला अध्यक्षमा निर्वाचित भएका हुन् ।
कुन ४६८ मत खसेकोमा २६ मत बदर भएको थियो । निरौलाकी निकतम् प्रतिद्वन्द्वी रेजिना उप्रेतीले २०९ मत प्राप्त गरेकी थिइन् । दुई उम्मेदवार विचको मतान्तर २६ थियो ।
त्यस्तै, बरिष्ठ उपाध्यक्षमा कविता गेलाल र अर्को उपाध्यक्षमा शिवहरि बैरागी विजयी भएका छन् । यस्तै महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भएका छन् । सहकोषाध्यक्ष पदमा भने पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् । पदाधिकारीमा निर्वाचित हुनेमा रेजिना प्यानलका बैरागीबाहेक अरु सबै निरौला प्यानलका हुन् ।
यस्तै सदस्यमा शितल केसी सर्वाधिक ३०२ मतसहित विजयी भएका छन् । यस्तै गोपाल ढकाल ‘छन्दे’ (२८७), उद्दव प्रसाद भट्टराई (२११), पवन केसी (२०२), नम्रता खरेल (१८७), पुकार भट्टराई (१८२), खुश्बु खड्का (१७७), सरिता राधोपाध्याय (१४६), रोशन श्रेष्ठ (१३५) र समीर लामा (१३३) सदस्यमा विजयी भएका छन् ।
नवनिर्वाचित पदाधीकारीलाई शनिबार नै निर्वाचन कमिटीले बिजयीको प्रमाण पद प्रदान गर्नुका साथै पद तथा गोपनियताको सपथ ग्रहण गराएको थियो ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

