Romiyan Limbu   
Movie's Credit : Cast / Producer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

कलाकार संघ बेलायत शाखा संयोजकमा रोमियन

लेन्सनेपाल २०७५ चैत्र १६
कलाकार संघ बेलायत शाखा संयोजकमा रोमियन

नेपाल चलचित्र कलाकार संघले बेलायतमा शाखा विस्तार गर्ने भएको छ । बेलायतमा रहेर नेपाली चलचित्र र कलाकारितामा सक्रिय अभिनेत्री रोमियन लिम्बूलाई संयोजकको जम्मेबारी तोकिएको छ ।

सानै देखि कलाकारितामा संलग्न रही आएकी रोमियनले चलचित्र नागबेलीको निर्माण समेत गरेकी छिन । संयोजकमा चुनिएपछि उनले बेलायतमा रहेका सम्पूर्ण कलाकारहरूलाई एकै छातामा गोलवन्द गराउने बताएकी छिन । बेलायतमा नेपाली कलाकारको उपस्थिति बाक्लो बन्दै गएको तर, संस्थागत हुन नसकेको भन्दै रोमियनले सबैको साझा थलोका रुपमा बेलायत शाखालाई विस्तार गर्ने जनाइन ।

हाल तदर्थ समिति गठन गर्दै गरेकी उनले नेपाल कलाकार संघको यही २३ गते हुने निर्वाचन पछि चयन हुने नेतृत्वसँग समन्वयन गर्दै अघि बढ्ने योजना रहेको सुनाइन । उनले आउने नेतृत्वको उपस्थितिका बिच बेलायतमा कलाकारको भेला आयोजनाको तयारी समेत गरेकी छिन । बेलायतमा नेपाली चलचित्र र चलचित्रकर्मीहरुलाई मर्यादित र सम्मानित बनाउन आफु लाग्ने उनको भनाई छ । उनले राजनीति मुक्त विशुद्ध कलाकारहरुको संस्थाका रुपमा बेलायत शाखालाई स्थापित गर्ने समेत जनाएकी छिन् । लिम्बुले एक दर्जन म्युजिक भिडियो र केही चलचित्रमा अभिनय गरेकी छिन ।