This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
रोहित–दिपकको चलचित्रमा दिपक र केदार बाहेक सबै कलाकार नयाँ
दिपेन्द्रको कथा र निर्देशक
अंग्रेजी नयाँ वर्षको अवसर पारी आगामी चलचित्रका लागि निर्माता तथा कलाकार दिपकराज गिरी र निर्माता रोहित अधिकारीको व्यानर एसोसियट भएको औपचारिक घोषणा गरिएको छ ।
गिरीले सामाजिक सञ्जालमार्फत निर्देशकमा दीपेन्द्र लामा फाइनल भएको र कलाकार तथा प्राविधिक भने केही समयमा छनौट हुने जानकारी दिएका छन् । रोहित अधिकारी फिल्मस् र आमा सरस्वति मुभिजको व्यानरमा बन्ने चलचित्रको नाम भने अहिले सम्म तय भइसकेको छैन ।
लेन्स नेपालसँग कुरा गर्दै गिरीले चलचित्र सोसियल कमेडी जनरामा निर्माण हुने बताएका छन् । निर्देशक लामाको कथा रहने चलचित्रमा गिरीकै पटकथा तथा गिरी, केदार घिमिरे र जितु नेपालको सम्बाद रहने छ । चलचित्रमा मुख्य कलाकारका रुपमा दिपकराज गिरी र केदार घिमिरेले अभिनय गर्नेछन् भने अन्य कलाकारहरु नयाँ रहने समेत गिरीले जनाएका छन् ।
उनका अनुसार अबको दुई महिना पटकथा तथा सम्बाद लेखनका लागि छुट्टाइएको छ । त्यसपछि मात्र चलचित्रको छायाँकनको तयारी गरिने छ । उनका अनुसार सके फागुन अन्त्यमा नसके ढिलोमा नयाँ वर्षबाट छायाँकन आरम्भ हुनेछ । चलचित्रमा सम्पूर्ण लगानी रोहित अधिकारीले गर्नेछन् भने गिरीले ५० प्रतिशत प्रफिट सेयरमा काम गर्न लागेका छन् । घिमिरेले भने आफ्नो पारिश्रमिक लिनेछन् ।
यता गिरीले यो चलचित्रको छायाँकन पछि भद्रगोल टिमसँगको सहकार्यमा निर्माण हुने चलचित्रको काम थाल्ने जनाएका छन् । उनले बजारमा हल्ला आएजस्तो भद्रगोल टिमसाग सहकार्य नटुटेको जनाउँदै सम्बाद जारी रहेको, मौखिक सहमति पनि भइसकेको तर, के कसरी काम गर्ने भन्ने बारे लिखित सहमति हुन भने बाँकी नै रहेको जनाएका छन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi





