This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
चलचित्र ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’को छायाङ्कन बागलुङको कालिका मन्दिरमा गरिएको छ । गीतको भिडियोमा चलचित्रका अभिनेत्रीहरू उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् ।
सन् १९६६ रिलिज चलचित्र ‘माइतीघर’को शिर्ष गीतलाई नै यो चलचित्रमा समावेश गरिएको हो । नयाँ संस्करणको गीतमा सञ्जीवनीको स्वर रहेको छ । गीतमा किरण खरेलको शब्द र जयदेवको सङ्गीत रहेको छ । भिडियोको कोरियोग्राफी कमल राईले गरेका छन् ।
मिलन तामाङ ले निर्देशन गरिरहेको चलचित्रमा तामाङ संस्कृतिलाई पनि महत्त्वपूर्ण हिस्साको रूपमा समावेश गरिएको छ । सुसन प्रजापति को छायाङ्कन रहेको चलचित्रमा रोहित अधिकारी, रविन शेरचन र धिरज तामाङको लगानी छ । कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र नीरज कटुवाल हुन्।
चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्र दसैँमा रिलिज हुने तयारीमा छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire






