Rishma Gurung
Movie's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘कबड्डी कबड्डी कबड्डी’को पोस्टर तथा टिजर सार्वजनिक, भाद्र १३ मा प्रदर्शन हुने
चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को पोस्टर तथा टिजर सार्वजनिक गरिएको छ । पोस्टर तथा टिजर सार्वजनिक गर्दै चलचित्र भाद्र १३ गतेबाट प्रदर्शन हुने जानकारी समेत दिइएको छ ।
रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र पछिल्लो समयको प्रतिक्षित चलचित्र मानिन्छ । यस अघिका दुई सिरिजलाई दर्शकले मन पराएका कारण पनि यो तेस्रो सिरिज प्रतिक्षित बन्न पुगेको छ ।
चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन बिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि.बि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको अभिनय रहेको छ ।
बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टस्को पस्तुति र माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टको सहकार्यमा बनेको चलचित्रका निर्माता मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियार हुन् । चलचित्रमा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन, शैलेन्द्र ध्वज कार्कीको छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन र रोहित शाक्यको पार्श्वसंगीत रहनेछ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


