Reecha Sharma   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

चलचित्र ‘कौसिद’को टिजर सार्वजनिक

लेन्सनेपाल २०७८ पौष २३
चलचित्र ‘कौसिद’को टिजर सार्वजनिक

चलचित्र ‘कौसिद’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा पिंजडामा खरायो बोकेको अवस्थामा कलाकार भोलाराज सापकोटाले थुलो टक्टकाएका छन् । ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको चलचित्रको टिजरले पिंजडामा परेको जीवनको उन्मुक्तिको संघर्ष भाव बोल्छ ।

अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको चलचित्रलाई कुमार भास्करले निर्देशन गरेका हुन् । चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ छन् ।

निर्देशक भास्करकै पटकथा रहेको चलचित्रमा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको कथा रहेको छ । निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि। गुरुङ र भीम विश्वकर्माको सम्पादन रहेको छ ।