Rekha Thapa   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

ज्ञानेन्द्रको निर्देशनमा रेखाको ‘उपहार’ बन्ने

लेन्सनेपाल २०८० आषाढ १९
ज्ञानेन्द्रको निर्देशनमा रेखाको ‘उपहार’ बन्ने

२० वर्ष पछि पुनः ‘उपहार’ नामको चलचित्र बन्ने भएको छ । मंगलबार ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने चलचित्र ‘उपहार’को घोषणा गरिएको हो । निर्देशक देउजाले सामाजिक सञ्जाल फेसबुक मार्फत – ‘हाम्रो तर्फबाट समस्त नेपाली चलचित्र प्रेमी आदरणीय दर्शक ज्युहरुको २०८०सालको लागि सप्रेम भेट ।’ भन्दै चलचित्र निर्माणको औपचारिक जानकारी दिएका हुन् ।

चलचित्रलाई नायिका रेखा थापाले निर्माण गर्नेछिन । मंगलबार नै चलचित्रको नाम चलचित्र बिकास बोर्डमा दर्ता समेत गरिएको छ । ‘द जर्नी अफ लाइफ’ ट्याग लाइन राखिएको चलचित्र सामाजिक कथामा निर्माण हुन लागेको बुझ्नमा आएको छ ।

चलचित्रमा नायिकाद्वय रेखा थापा र पुजा शर्माको अभिनय रहने चर्चा चलेपनि स्वतन्त्र रुपमा पुष्टि भने हुन सकेको छैन । चलचित्रका शंकर अभिकारी घायलको शब्द, बाबुल गिरीको संगी र एलिना चौहानको स्वरमा गीत रेकर्ड गरिएको छ ।