Rekha Thapa   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

नायिका रेखा थापाले मोरङ ३ बाट दिइन उमेदवारी

लेन्सनेपाल २०७९ असोज २३
नायिका रेखा थापाले मोरङ ३ बाट दिइन उमेदवारी

नायिका रेखा थापाले प्रतिनिधी सभा सदस्यका लागि मोरङ क्षेत्र नम्बर ३ बाट उमेदवारी दर्ता गरेकी छिन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उनले उमेदवारी दिएकी हुन् ।

श्रीमान र केही सहयोगी सहित उमेदवारी दर्ता गर्न पुगेकी रेखाले आफुले युवा बिद्रोहको रुपमा उमेदवारी दर्ता गरेको जनाएकी छिन । उमेदवारी दर्ता पछि रेखाले यसपटक मोरङले राजनीतिक उच्च चेतना प्रदशन गर्ने बिश्वास राखेकी छिन । रेखाले मोरङबासी राजनीतिक दाश होइनन, उच्च चेतना र परिर्वतनका संवाहक पनि हुन, भनेर  गतिलो जवाफ दिनेछन भन्ने विश्वासका साथ संसदिय इतिहाँसमा मोरङले परिर्वतनका लागी विद्रोह गर्न आशा लिएकी छिन ।

उमेदवारी दर्ता पछि रेखाले सामाजिक सञ्जालमा लेखेकी छिन –

मेरो राजनितीक यात्रा समयको माग हो , आज मोरङका जनताको सेवाका लागी , विगत ३० बर्ष देखि संसदमा पुगेका दलका नेताहरुले मोरङबासीकालागी गरेको काम हेर्दा , समाजले एउटा नेतृत्व वाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण माेरङका जनताकाखातिर युवाले गरेको विद्रोह हो । अव पनि हामी नबाेले, आमीले आवाज नउठाए कस्ले उठाउछ ? देश बनाउन् कसम खाएका नेताहरुले देश त परै जावस आफ्नाे समाजकोलागी सम्म पनि उत्तरदायी बन्न् किन सकेनन ? किन हामी मोरङवासी सधै देशको, राजनीतिकाे केन्द्रविन्दु हुदाहुदै पनि पछि परिेका छौ त ? यस्तै तमाम समस्याले गर्दा मैले , मोर क्षेत्र नै ३ वाट यूवा विद्राेहको रुपमा उमेद्वारी दिएकी छु । रंगमन्चको पर्दामा रेखाथापाको जुन खालको योगदान थियो अव नेपाली समाजको , मोरबासीको , आमाहरु अनि छोरीहरुका लागी विशेष योजना सहित विशेष काम गर्ने छु । यसपटक पैसाले भोटकिन्ने प्रथाको अन्त्य हुनेछ । यसपटक जनतालाई झुट कोलेर संसद बन्ने प्रथाको अन्य हुनेछ । छिट्टै मैले मेरा केही योजनाहरु सहित तपाईको विचमा आफुलाई उभ्याउने छु । यसपटक मोरङले राजनीतिक उच्च चेतना प्रदशन गर्नेछ, मोरङबासी राजनीतिक दाश होइनन, उच्च चेतना र परिर्वतनका संवाहक पनि हुन, भनेर गतिलो जवाफ दिनेछन भन्ने विश्वासका साथ संसदिय इतिहाँसमा मोरङले परिर्वतनका लागी विद्रोह गदैछ , त्यो चेतनसिल विद्रोहमा मा सम्पुर्णआमा वुवा दाजुभाई दिदिबहिनीहरुले दिनुभएको साथ र हातलाई म सधै उच्च सम्मान गर्ने छु । मोरङबासीको जित सुनिश्चित छ । धन्यवाद