Rekha Thapa   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

रेखा थापाले गरिन बिबाह

लेन्सनेपाल २०७८ फागुन २
रेखा थापाले गरिन बिबाह

अभिनेत्री रेखा थापाले बिबाह गरेकी छिन । रेखाले जाजरकोट स्थायी घर भएका बलराम शाहीसँग विवाह गरेकी हुन् । प्राप्त जानकारी अनुसार अघिल्लो साता उनीहरुले कानुनी बिबाह गरेका हुन् ।

बुझ्नमा आए अनुसार बलराम शाही लामो समयदेखि इजरायलमा बसोबास गर्ने गरेका छन् । केही समय देखि रेखा र बलराम प्रेममा थिए । रेखाले अर्को वर्षको शरुमै बिहे गर्ने संकेत यसअघि नै गरेकी थिइन । त्यसो त बलराम पर्यटन व्यवसायी भएका जनाइएको छ ।

निर्माता छविराज ओझासँग डिभोर्स भएपछि बिगत १० वर्ष देखि रेखाले एकल जीवन विताउँदै आएकी थिइन । सन् २००० को चलचित्र हिरोबाट यस क्षेत्रमा आएकी रेखाले लेन्सनेपालको रेकर्ड अनुसार हाल सम्म ९८ चलचित्रमा काम गरेकी छिन ।