This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘यो मायाको सागर २’ को तयारीमा रमेश उप्रेति
पछिल्लो समय सफल चलचित्रको सिरिज वा सिक्वेल बनाउने क्रम बढीरहेको छ । केही निर्माताहरु तत्काल सफल भएको चलचित्रको सिरिज वा सिक्वेलको पछि छन् भने केही निर्माताहरु पुराना सफल चलचित्रको रिमेक गर्ने वा सिरिज बनाउने ध्याउन्नमा लागेका छन् ।
कलाकार रमेश उप्रेति पनि सफल चलचित्रको सिक्वेल वा वा सिरिज निर्माणमा जुटिरहेका छन् । हाल ‘ऐश्वर्य २’ को स्कृप्टमा व्यस्त रमेशले त्यसपछि ‘यो मायाको सागर २’ निर्माण गर्ने तयारी समेत गरेका छन् ।
सन् २००० डिसेम्बर ३१ मा प्रदर्शनमा आएको ‘यो मायाको सागर’ रमेश उप्रेतिको सफल मध्येको एक चलचित्र हो । तर, यसका निर्माता तथा निर्देशक भने अशोक शर्मा हुन् । यसअर्थ सिक्वेल वा सिरिज निर्माणका लागि रमेशले अशोकसँग अनुमति मागेका छन् । रमेशका अनुसार अशोकसँग कुरा भइसकेको छ । अशोकले अनुमति दिएमा रमेशले ‘यो मायाको सागर २’ को निर्माण गर्नेछन् । उनी निर्माणमा अशोकसँग सहकार्य समेत गर्न इच्छुक देखिन्छन् ।
यो समाचार तयार पार्दा सम्म अशोकले ‘यो मायाको सागर २’ का लागि रमेशलाई अनुमति दिइसकेका छैनन् । अनुमति दिएभने रमेशले ‘ऐश्वर्य २’ पछि यही चलचित्र निर्माण गर्नेछन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi





